काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेड र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईन्स्टिच्युट प्रा. लि.बीच सम्झौता भएको छ । अस्पतालमा उपचार गराउँदा छुट पाउने सम्बन्धमा गरिएको सम्झौतापत्रमा बैंकका बजार व्यवस्थापन प्रमुख प्रकाश घिमिरे र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर एन. आर. वैद्यले हस्ताक्षर गरेका थिए ।
सम्झौताअनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारलगायत बैंकका संस्थापक÷सेयरधनीहरूले चिरायु नेसनल हस्पिटलमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् । सम्झौताअनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, संस्थापक÷सेयरधनीहरू, कर्मचारी साथै कर्मचारीका परिवारले बेड चार्जमा अधिकतम २० प्रतिशत, उपचार प्रव्रिmयामा अधिकतम १५ प्रतिशत, रोगको निदानमा अधिकतम १२ प्रतिशत तथा औषधीमा ५ प्रशित छुट पाउन सकिनेछ । बैंकले अहिले १०२ वटा शाखाहरूबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।