काठमाडौं– देवः विकास बैंक लिमिटेडको खजुरा गाउँपालिका, रिमझिम बजारमा सञ्चालित रिमझिम शाखा र दाङ जिल्लाको घोराही उपमहानगरपालिकाको हस्पिटल रोडमा शाखा स्थापना गरि कारोबार सञ्चालनमा ल्याएको छ । रिमझिम शाखाको संचालक समितिका अध्यक्ष उपरथि बज्र गुरुङ्ग (अ.प्रा.) र हस्पिटल रोडस्थिति शाखाको घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले उद्घाटन गरे ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्ष बज्र गुरुङ्गले गुणस्तरिय सेवा विस्तारमा जोड दिनु हुँदै बैंकलाई कुमारी बैंक लि.सँग समाहित गरी अझ उत्कृष्ट सेवा प्रदान गर्न लागेको बताए । कार्यक्रममा बैंकका सञ्चालक बिजय राज शर्मा भुषाल, खजुरा गाउँपालिकाका वडा नं. २ का अध्यक्ष देविलाल शर्मा, रिमझिम बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद रेग्मी उपस्थिति थिए ।
यसैगरी घोराही उप महानगरपालिकाको हस्पिटल रोडमा संचालनमा ल्याएको नयाँ शाखा कार्यालयको उद्घाटन समारोहमा बैंक संचालक विजय राज शर्मा भुषाल, घोराही उद्योग वाणिज्य संघका अध्यक्ष, नारायण भुषाल, नागरिक समाज, दाङ्गका अध्यक्ष चन्द्र राज पन्त, दाङ्ग महिला जेसिस २०२० का अध्यक्ष, जीवा भुषालगायतले बोलेका थिए ।