एजेन्सी– ३७ वर्षीय पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले २० करोड युरोभन्दा बढीको सम्झौतामा साउदी अरेबियाको क्लब अल नासरसँग सन् २०२५ सम्म आबद्ध भएका छन् ।
विवादास्पद अन्तरवार्तापछि म्यानचेस्टर युनाइटेड छाडेका पोर्चुगलका कप्तान फ्रिएजेन्ट रहेका थिए । रोनाल्डोले फुटबलको इतिहासमा सबैभन्दा धेरै तलब प्राप्त गर्ने बताइएको जुन वार्षिक १७।७ करोड पाउन्डभन्दा रहनेछ ।नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् । नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलाललेसमेत अनुबन्धको प्रयास गरेको थियो ।
नोभेम्बरको सुरुमा स्ट्राइकरले टकटिभीका लागि पियर्स मोर्गनसँगको एक अन्तर्वार्तामा उनले युनाइटेडबाट ’धोखा’ भएको महसुस गरेको, प्रबन्धक एरिक टेन ह्यागलाई सम्मान नगरेको र क्लबबाट जबरजस्ती बाहिर निकाल्न लागिएको बताएका थिए। युनाइटेडका लागि ३४६ खेलमा १४५ गोल गरेका रोनाल्डोले रियल म्याड्रिड गएको ११ वर्षपछि अगस्ट २०२१ मा ओल्ड ट्राफोर्डमा पुनस् फर्किएका थिए ।
युनाइटेडसँगको सम्झौतामा उनको सात महिना मात्र बाँकी थियो तर ’आपसी सहमतिमा’ उनले क्लब छाडेका थिए।
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९ १०:४४