काठमाडौं -जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ । शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा हालै सम्पन्न चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुने पार्टीका एक नेताले बताए ।
संघीय सरकारलाई समर्थन गरेपनि सहभागी हुने वा नहुने लगायतविषयमा छलफल हुने उनको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९ ११:५४