काठमाडौं– सिद्घार्थ बैंकले काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रूपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । शिविरमा १,२४१ जनाको आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मध्ये १७८ जना मोतियाबिन्दु रोगीहरूको पहिचान गरि आँखा शल्यक्रिया गरिएको थियो । शल्यक्रियाका लागि बैंकले नेपाल आँखा अस्पताललाई रु ४,६७,५००।— को आर्थिक सहयोग प्रदान गरेको थियो । उक्त सहयोग बैंकका संचालक समितिका अध्यक्ष मनोज कुमार केडियाले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरे । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य, वातावरण तथा अन्य विभिन्न क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।