काठमाडौं– धादिङमा दुईवटा माइक्रो एक आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन् । महादेवबेसीमा बा ४ ख ११८७ नम्बरको माइक्रो बसको टायर पञ्चर हुँदा विपरीत दिशाबाट आएको अर्को माइक्रोसँग ठोक्किन पुगेको थियो ।
घाइतेहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ । दुर्घटनाका कारण केही बेर सडकसमेत अवरुद्ध बनेको थियो ।
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९ १५:५३