विराटनगर –प्रदेश १ संसदको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ । आजबाट औपचारिक सुरूवात हुने प्रदेशसभाले सरकार गठन, कानुन निर्माण तथा बजेट पारित गर्ने नियमितसहित थाती रहेको प्रदेश नामकरणको जिम्मेवारी पनि फत्ते गर्नुपर्नेछ।
पहिलो अधिवेशनको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य गयानन्द मण्डलले गर्नेछन्। कांग्रेस सांसद मण्डलले नै सांसदहरूलाई शपथ पनि गराएका थिए।
मंसिर ४ को निर्वाचनबाट गठित प्रदेशसभा सामु नयाँ सरकार बनाउने तत्कालीन दायित्व छ। ४० सिटसहित प्रदेशमा पहिलो दल बनेको नेकपा एमाले र १३ सदस्यसहितको तेस्रो दल नेकपा माओवादी केन्द्रबीच नयाँ सहमति भएसगै प्रदेशमा यहीँ गठबन्धनको सरकार बन्ने निश्चित प्रायः छ।
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९ ११:३८