काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडका दुई नयाँ शाखा बिहीबारबाट सञ्चालनमा आएका छन् । काठमाडौंको टोखा नगरपालिका– ३ बालुवापाटी र कपिलवस्तुको कृष्णनगर नगरपालिका–२, गुरुद्वारा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । थप यी दुई नयाँ शाखासँगै बैंकको शाखा कार्यालयको संख्या २६९ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले २६९ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आना १८ लाख भन्दा बढि ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।