दाङ – लुम्बिनी प्रदेशसभा नवनिर्वाचित सदस्यहरूले आज पद तथा गोपनियताको शपथग्रहण लिँदै छन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा उनीहरूलाई शपथ ग्रहण गराउन लागिएको हो ।
केही बेरमा शपथग्रहण कार्यक्रम राखिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । प्रदेशसभा सदस्यहरूलाई लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउने कार्यक्रम छ ।
प्रदेश प्रमुखको कार्यालय स्थानान्तरण भइनसकेको र स्थायी राजधानीमा प्रदेश प्रमुखको कार्यालय निर्माण नभएका कारण प्रदेशसभा भवनमा शपथग्रहण गराउन लागिएको उनले बताए ।
लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य छन् । जसमध्ये ५२ प्रत्यक्ष र ३५ जना समानुपातिकतर्फ निर्वाचित भएका हुन् ।
नेकपा ९एमाले०का २९, नेपाली कांग्रेसका २७, नेकपा ९माओवादी केन्द्र०का ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन तथा राष्ट्रिय जनमोर्चा, नेकपा ९एकीकृत समाजवादी० र स्वतन्त्रका एक÷एक प्रदेशसभा सदस्य छन् ।
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९ १३:४०