एजेन्सी–लियोनल मेस्सीले उनका परिवारसँग नयाँ वर्ष मनाएका छन् । उनले सन् २०२३ को पहिलो दिन आफ्नो परिवारसँगको तस्विर शेयर गर्दै नयाँ वर्षलाई स्वागत गरेका छन् ।
स्टार खेलाडी मेस्सीले आफ्नो राष्ट्रिय टोलीलाई ३६ वर्षको लामो अन्तरालपछि गत महिना फिफा विश्वकप २०२२ को ट्रफी जित दिलाएका थिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको अवार्ड गोल्डेन बलबाट सम्मानित भएपछि मेस्सीका लागि त्यो क्षण थप यादगार बन्यो ।पेरिस सेन्ट जर्मेनसँग क्लब फुटबल खेल्न अझै सुरु नगरेका मेस्सीले नयाँ वर्षमा राम्रो समय बिताइरहेका छन्।
पेरिस सेन्ट जर्मेनबाट खेल्दै मेस्सी अर्को हप्ता क्लबमा फर्किने पीएसजीका मुख्य प्रशिक्षक क्रिस्टोफ गाल्टियरले जानकारी दिएका छन् ।यता, पीएसजीले स्ट्रासबर्गलाई २–१ ले हराउँदै लिग वानको आफ्नो यात्रा पुनः सुरु गरेको छ ।