एजेन्सी - सन् २०२२ मा ४५हजार भन्दा बढी आप्रवासीहरूले मुख्य भूमि युरोपबाट बेलाइत पुगेका छन् । अघिल्लो वर्षको तुलना मा यो सङख्या १७ हाजरले बढी हो ।
यो मुद्दा कन्जरभेटिभ सरकारको लागि ठूलो राजनीतिक समस्या बनेको छ जसले अवैध आप्रवासनलाई कम गर्ने र क्रसिङ गर्ने तस्करी गिरोहहरूलाई नियन्त्रण गरेने वाचा व्यक्त गरेको छ।
गत महिना च्यानलमा चिसो तापक्रममा आप्रवासीहरूले भरिएको एउटा सानो डुङ्गा पल्टिँदा चार जनाको मृत्यु भएको थियो।
उक्त क्षेत्रमा माछा मार्ने डुङ्गाले ४३ जनालाई चिसो पानीबाट निकालेको थियो ।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ ०९:१९