काठमाडौं– ओलम्पियन तथा कीर्तिमानी नेपाली पौडीवाज गौरिका सिंहले आफु प्रेममा रहेको पुष्टि गरेकी छन् । नयाँ वर्ष २०२३ को सुरुवातमा उनले प्रेमी सार्वजनिक गरेकी छन् । सामाजिक सञ्जाल इन्सटाग्राममा प्रेमीसँगको तस्विर सार्वजनिक रुपमा शेयर गरेकी हुन् । उक्त तस्विरको क्यापसन दिदै उनले, ‘हेप्पी २०२३’ समेत लेखेकी छन् ।
लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ। ब्राजिलको रियो ओलिम्पिक्सकी कान्छी खेलाडी बन्दा उनी विश्वव्यापी चर्चामा आएकी थिइन्। नेपाली पौडीका लागि उनी अझ विशेष छिन्। दक्षिण एशियाली खेलकुदमा एकल रजत जितिसकेकी उनी नेपाललाई दक्षिण एशियाली खेलकुदमा व्यक्तिगत स्वर्ण दिलाउन सक्ने एक्ली उम्मेदवार हुन्।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ ११:५८