एजेन्सी– क्यानडामा अधिकांश विदेशीहरूलाई २ वर्षसम्म घर किन्न प्रतिबन्ध लगाइएको छ । आवासीय संकटको सामना गरिरहेका स्थानीयहरुलाई थप घरहरु उपलब्ध गराउने उदेश्यले यो नियम आइतबारबाट लागू भएको हो । नयाँ क्यानाडाको कानूनमा शरणार्थीहरू र आवासीय संकट भोगीरहेका स्थायी बासिन्दाहरू जस्ता व्यक्तिहरूलाई घरहरू किन्न नागरिक नभएकाहरूलाई अनुमति दिएको छ ।
डिसेम्बरको अन्तमा, ओटावाले यो प्रतिबन्ध सहरका बासस्थानहरूमा लागू हुने बताएको थियो ।
२०२१ को चुनावी अभियानमा प्रधानमन्त्री जस्टिन ट्रुडोले अस्थायी दुई–वर्षीय उपाय प्रस्ताव गरेका थिए जब बढ्दो मूल्यका कारण घर खरिद गर्न धेरै क्यानाडालीहरूको पहुँच बाहिर रहेको बताइएको थियो ।
उनको लिबरल पार्टीले चुनावी दौडमा क्यानाडाली घरहरूको वांछनीयताले नाफा कमाउनेहरू, धनी निगमहरू र विदेशी लगानीकर्ताहरू भएको भन्दै घर मानिसहरूका लागि हुन्, लगानीकर्ताहरूका लागि होइन। भनेका थिए ।
आफ्नो २०२१ को चुनावी विजय पछि, लिबरलहरूले गैर–क्यानाडियन्स ऐन द्वारा आवासीय सम्पत्ति खरिदमा निषेध गरे । भ्यानकुभर र टोरन्टो जस्ता प्रमुख सहरहरुमा पनि गैर–बासिन्दा र खाली घरहरूमा करहरू लागू गरेका छन्।
प्रकाशित मिति: सोमबार, पुस १८, २०७९ १२:५३