एजेन्सी–आफूलाई सलमान खानको ‘दिवाना’ भनिने युवाले सलमान खानलाई भेट्न साइकलमा करिब ११ सय किलोमिटरको दुरी पार गरेका छन् ।
मध्य प्रदेशको जबलपुरका एक सलमान खानका फ्यानले साइकलमा सुपरस्टार खानलाई भेट्न मुम्बई पुगेका थिए। सौभाग्यवश, सलमान खान उनको निवासमा उपस्थित थिए र फ्यानले अन्ततः उनीसँग व्यक्तिगत रूपमा कुराकानी समेत गर्न पाए।सामाजिक सञ्जालमा अहिले सलमान र ती युवाको तस्विर भाइरल भइरहेको छ ।
सलमानको इन्सटाग्रामा प्यान पेजमा तस्बिरलाई शेयर गरिएको छ । दुई पाङ्ग्रे सवारी साधनको बोर्ड लेखिएको छ,‘चलो उनको दुवाए देते चले। जबलपुरदेखि मुम्बई, दिवाना मै चला’। यस तस्विरमा हजारौँ लाइक र कमेन्टस् आइसकेको छ ।
सलमान खानले केहि दिन अघिमात्र आफनो ५७ औँ जन्मदिन मनाएका हुन् ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ १०:४४