एनेन्सी– जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा कम्तीमा पनि १४ जनाको ज्यान गएको छ ।
सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो ।
मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।
जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए ।
सो आक्रमणमा परेर अरु १३ जना घाइते भएका छन् ।
त्यस्तै सो आक्रमणको समय पारेर सो जेलमा रहेका २४ जना बन्दी भागेका छन् । उनीहरुलाई प्रहरीले खोजी गरिरहेका छन् ।
त्यस क्रममा दुई जना बन्दुकधारी पनि मारिएका बताइएको छ । सो जेलमा रहेका आफ्नो समूहका व्यक्तिलाई छुटाउनका लागि बन्दुकधारीहरुले हमला गरेका अनुमान प्रहरीले गरिएको बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ ११:३७