काठमाडौं– नेपाली बजारमा मंगलबार सुन तोलामा ९ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख २ हजार ६ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रूपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुन प्रतितोला १ लाख १ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले बढेर प्रतितोला १ हजार ४१० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ ११:५३