काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परराष्ट्र मन्त्रालयको जानकारी बेगर कुनै पनि विदेशी र कूटनीतिक नियोगका पदाधिकारीहरूसँग भेटघाट नगर्ने सरकारी अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
दुई दिनसम्म चलेको सचिव बैठकमा मंगलबार निर्देशन दिँदै प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र यस्ता भेटघाट गर्ने पाउने बताए । उनले भेटघाटसँग सम्बन्धित कूटनीतिक आचारसंहितासमेत बनाउन निर्देशन दिएका छन् ।
‘नेपालका सरकारी पदाधिकारीहरूले परराष्ट्र मन्त्रालयको जानकारीमा मात्र विदेशी कूटनीतिक भेटघाट गर्ने र परराष्ट्र मन्त्रालयले यस सम्बन्धि आचारसंहिता तयार गर्नुहोला’, प्रधानमन्त्री दाहालले लिखित निर्देशन दिँदै भनेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ १५:३६