काठमाडौं– इन्डिया-नेपाल ताङ सूडो प्रतियोगितामा सहभागी हुन खेलाडीहरु भारत प्रस्थान गरेका छन् ।
पुस २० गते देखि हुने इन्डिया-नेपाल ताङ सूडो प्रतियोगितामा सहभागी हुन खेलाडीहरु भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
प्रतियोगितामा भाग लिन नेपालका तर्फबाट पाँच जना ताङ सूडो खेलाडीहरु नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।
प्रतियोगिताका लागि तेज बहादुर थापा मगर, सन्तोष सुनार, रंजिता परियार, दिनेश लामिछाने मगर र आयुस ढुङ्गाना सहभागी रहनेछन् ।
प्रतियोगितामा उमेर समुहका आधारमा खेलाडीहरुले भाग लिने प्रशिक्षक सञ्जय विश्वकर्माले जानकारी दिए ।
भारतको दिल्लीमा हुने सो प्रतियोगितामा नेपाली खेलाडीहरुले २० देखि ६ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक विश्वकर्माले बताए ।
जि आर फिटनेस सेन्टरले नेपाल पहिलो पटक ताङ सूडो नेपाल भित्र्याएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९ १९:१२