धनुषा – अत्यधिक चिसाेका कारण मधेस प्रदेशका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । चिसाेका कारण विद्यार्थीहरू बिरामी हुन थालेपछि मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमा बिदा दिइएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले पनि तीन दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गरेको छ ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ उपसचिव मिहिलाल यादवले आज मङ्गलवार एक सूचना जारी गरी भोलि २० गते बुधवारदेखि २२ गतेसम्मका लागि जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालयहरूमा बिदा दिएको जानकारी दिएका हुन् ।
यस्तै जाडो बढेपछि महोत्तरीका पालिकाले पनि धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । महोत्तरीका नौ वटा पालिकाले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको विद्यालय बिदा सूचना जारी गरेका हुन् । महोत्तरीका ११ पालिकाले जाडो बिदाको सूचना जारी गरिसकेका छन् ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ ०८:१२