एजेन्सी - मेक्सिकोको सर्वोच्च अदालतले सोमबार तीन चरणको मतदानपछि नोर्मा पिना हर्नान्डेजलाई देशको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश निर्वाचित गरेको छ ।
मेक्सिकोको अखबार रिफार्माले जनाएअनुसार संघीय न्यायपालिकामा ३४ वर्षको अनुभव रहेकी नोर्माले चार उम्मेद्वारहरूलाई पछिपार्दै सो परिणाम निकालेकी हुन् ।
विजयपछि उनले सबैको साथ, समर्थन र सहमति हुनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन् - म धेरै बलियो महसुस गर्छु किनभने हामी सबै एकजुट छौं।
हर्नान्डेजलाई सन् २०१५को को अन्त्यमा तत्कालीन राष्ट्रपति एनरिक पेना निटोद्वारा अदालतमा मनोनीत गरिएको थियो ।