नेपालगन्ज । चैत्र ९ गते । भ्रष्टाचार बिरुद्धको तेस्रो राष्ट्रिय युवा सम्मेलन चैत्र २६ गते नेपालगन्जमा हुने भएको छ ।
भ्रष्टाचार बिरुद्ध क्रियाशिल संस्था बासले २०६९ सालबाट थालनि गरेको भ्रष्टाचार बिरुद्धको राष्ट्रिय युवा सम्मेलनको निरन्तरता दिदै बासको मुख्य आयोजना र बिभिन्न संघ, संस्था, तथा निकायहरुको समन्वय र सहकार्यमा उक्त सम्मेलन गर्ने भएको हो । २०६९ असोजमा पहिलो र २०७२ फाल्गुणमा दोस्रो युवा सम्मेलन नेपालगन्जमा भब्यताका साथ सम्पन्न भएको थियो ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, भ्रष्टाचार बिरुद्धका अभियन्ता गोगो फाउन्डेशन काठमाण्डौका अध्यक्ष केदार खडका, टीआई नेपालका अध्यक्ष श्रीहरि अर्याल लगाएतका बिशिष्ठ ब्यक्तित्वहरुको उपस्थितीमा सम्पन्न हुने सम्मेलनको तयारीका लागि बासले आज तयारी बैठक सम्पन्न गरेकोछ । सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्नका लागि बैठकले बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा ५१ सदस्सिय सम्मेलन मुल समिति गठन गरेको छ । त्यसै गरी बैठकले सम्मेलनका लागि बिभिन्न उप—समिति समेत गठन गरेको छ । जसमा बासकी केन्द्रीय कोषाध्यक्ष लुना बुढाथोकी संयोजक रहेको आर्थिक उप—समिति, बासका केन्द्रीय अध्यक्ष मन भण्डारी संयोजक रहेको कार्य सम्पादन उप—समिति, बासका केन्द्रीय सदस्य बाम्देब पोख्रेल संयोजक रहेको प्रचार प्रसार उप—समिति, बासका केन्द्रीय सदस्य शिब कुमार वर्मा संयोजक रहेको स्वयंमसेवक उप—समिति, बासका मध्यपश्चिमाञ्चल उपाध्यक्ष छविलाल सुनार संयोजक रहेको प्रतिनिध छनौट तथा समन्वय उप—समिति, बासका उप—निर्देशक हेमराज भट्ट संयोजक रहेको संघ, संस्था समन्वय उप—समिति, बासकी लेखा अधिकृत प्रतिक्षा गिरी संयोजक रहेको खाना तथा आवास उप—समिति, बासकी केन्द्रीय सदस्य राधिका गिरी संयोजक रहेको स्वागत तथा सत्कार उप—समिति, बासका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रज्जब अलि बागवान संयोजक रहेको कार्यक्रम ब्यवस्थापन उप—समिति, बासका पश्चिमाञ्चल उपाध्यक्ष चुत्र बहादुर महत संयोजक रहेको सांस्कृतिक उप—समिति रहेका छन् । सम्मेलनमा देशै भरीका युवाहरुको सहभागिता रहनेछ भने सम्मेलनलाई सफल पार्नका लागि बिभिन्न संघ, संस्था तथा निकायहरु संग समन्वय तथा सहकार्य गरिने छ ।