काठमाडौं– मधेस प्रदेशसभाको पहिलो ठूलो दल नेकपा (एमाले) संसदीय दलको नेतामा सरोज यादव चयन भएको छ । मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा उनलाई चयन गरेको हो ।
मङ्गलबार जनकपुरमा एमाले संसदीय दलको बैठक बसेको थियो । आकाङ्क्षी बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएकामा उक्त कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिए । एमाले केन्द्रीय सदस्यसमेत रहनुभएका यादव महोत्तरी क्षेत्र नं ४ (१)बाट निर्वाचित भएको थियो ।
दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए । मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १०:५०