काठमाडौं– एयर इन्डियाको फ्लाइटको बिजनेश क्लासमा एक महिला सहयात्रीलाई मातेका एक पुरुषले उनीमाथि पिसाब फेरिदिएका छन् । घटनाको हप्ता दिन पछि, एयर इन्डियाले अनियन्त्रित उडानलाई नो–फ्लाई सूचीमा राख्न सिफारिस गरेको छ।
नागरिक उड्डयन महानिर्देशनालयले एयरलाइन्ससँग प्रतिवेदन मागेको छ । ‘हामीले लापरवाही गर्नेलाई कारबाही गर्छौं,’ नियामकले भने । नोभेम्बर २६ मा, न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको उडानको बिजनेश क्लासमा ७० वर्षकी एक महिलामाथि यो घटना भएको हो ।
सो उडान दिल्लीमा अवतरण गरेपछि, ती परुषले गरेको घृणित व्यवहारको लागि कुनै छमायाचना नमागी त्याँहा बाट हेडेका थिए ।
ती पिडित महिलाले टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनलाई पत्र लेखेपछि एयरलाइन्सले कारबाही गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।
अहिले ती व्यक्ति विरुद्ध प्रहरीमा उजुरी दर्ता भइसेको छ । एयर इन्डियाले एक आन्तरिक समिति गठन गर्दै ती पुरुषलाई नो–प्लाई लिस्टमा राख्न सिफारिस गरेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ ११:३३