एजेन्सी– क्रिस्टियानो रोनाल्डोलाई अल–नासर फ्यानहरूले भव्य स्वागत गरेका छन् । रोनाल्डोलाई स्वागत गर्न २५ हजार क्षमताको स्टेडियम खचाखच भरिएको थियो । मङ्गलबार साउदी अरेबियामा आफ्नो नयाँ क्लबमा गजबको स्वागत पाएपछि आफ्नो करियर समाप्त नभएको प्रतिक्रिया रोनाल्डोले दिएका छन् ।
३७ वर्षीय पोर्चुगिज सुपरस्टारले युरोपमा आफूले गर्न सक्ने सबै काम गरेको बताएदै नयाँ चुनौतीको लागि आफु भोकाएको बताए। पाँच पटकको बालोन डीओर विजेता, आफ्नो नाममा पाँच च्याम्पियन्स लिग उपाधिहरू सहित, म्यानचेस्टर युनाइटेडसँगको सम्र्झौता टुक्रिएपछि जुन २०२५ सम्म अल–नासार क्लबमा २०० मिलियन यूरोमा आबद्ध भएका हुन् ।
रोनाल्डोले भने, ‘साउदी अरेबियामा आउनु मेरो करियरको अन्त्य होइन। यही कारणले गर्दा म परिवर्तन भएको छु र, इमानदारीपूर्वक भन्नुपर्दा, म मानिसहरूले के भन्छन् भन्ने कुरामा चिन्तित छैन । ’
युरोपमा मेरो काम सकियो । मलाई युरोपमा धेरै अफरहरू थिए, ब्राजिल, अष्ट्रेलिया, अमेरिका, पोर्चुगलमा पनि, उनले भने । धेरै क्लबहरूले मलाई अनुबन्ध गर्न खोजे तर मैले अल–नासर क्लबलाई मेरो वचन दिए । रोनाल्डोले भने ।
‘म यहाँ जित्न, खेल्न, रमाइलो गर्न, देश र संस्कृतिको समेत हिस्सा बन्न आएको हुँ , । उनले थपे। युनाइटेड छाडेको केही हप्तापछि रोनाल्डोले क्लब र प्रशिक्षक एरिक टेन ह्यागको आलोचना गरेका थिए।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ ११:५६