काठमाडौं–नेपाली बजारमा बुधबार सुन तोलामा ३ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख २ हजार ९ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।
उस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख २ हजार ४ सय रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलामा १० रूपैयाँले घटेर प्रतितोला १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन प्रतितोला १ हजार ४१० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १२:००