काठमाडौं – बाराही हाइड्रोपावरको शेयर कारोबार आजदेखि सुरु भएको छ । ‘बीएचपीएल’ संकेतमा यसको कारोबार खुला भएको छ ।
नेप्से प्रि-ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता १९४ रूपैयाँ ३० पैसामा भएको हो ।
पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ रेन्ज न्यूनतम ६४ रूपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रूपैयाँ ९१ पैसा तोकेको थियो ।
सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ ।
कम्पनीले २१ देखि २६ मंसिरसम्म कुल पाँच लाख ५४ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९ १३:४८