काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने बताएका छन् ।
‘राप्रपा लगायतका दलहरूलाई सरकारमा लान मन्त्रालयहरूको संख्या बढाइने भन्ने हल्ला निराधार हो,’ अध्यक्ष लिङ्देनले ट्विट गरेका छन् ।
‘मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन ।' उनले लेखेका छन् । सत्ता साझेदार दलको बुधबार बसेको बैठकले मन्त्रालय नफुटाउने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ ०९:२५