काठमाडौं– पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरूद्ध नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले गरेको पुनरावेदनको सुनुवाइको पेशी आज तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन दिएको आदेशविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उक्त पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदै छ ।
यसअघि दुई पटक पेशी तोकिए पनि पहिलोमा सन्दीपका कानून व्यवसायीले स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो । सन्दीपविरूद्ध एक बालिकाले बलात्कारको आरोप लगाएपछि उनी गत असोज २० गते पक्राउ परेका थिए ।
उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले फैसला नहुँदासम्मका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ ११:०७