काठमाडाैं - सत्तारूढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणको काम सक्ने भएको छ ।
न्यूनतम साझा कार्यक्रम निर्माणका लागि बनाइएको कार्यदलले शुक्रबारसम्ममा सबै काम सक्ने बताइएको छ ।
आज बिहीवार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधान एवम् अर्थमन्त्री तथा कार्यदल संयोजक विष्णु पौडेलले साझा कार्यक्रमको 'ड्राफ्ट' तयार भइसकेको जानकारी दिएका हुन् । उनले सरकारमा सहभागी हुने विभिन्न राजनीतिक दलहरूको सुझावलाई समेट्दै 'ड्राफ्ट' तयार भएको बताए ।
उनले त्याे 'ड्राफ्ट' को दफावार छलफल गरी शुक्रवारसम्ममा सबै काम सकिने बताए । उनले भने, ‘सरकारमा सहभागी हुने विभिन्न दलहरूको सुझावलाई सङ्गठित गर्दै एउटा ड्राफ्ट तयार गरेका छौँ । ड्राफ्टलाई दफावार छलफल गर्दै त्यसलाई अन्तिम रूप दिन्छौँ र त्यसलाई प्रस्तुत गर्छाैँ । भोलि हाम्रो सबै काम सकिन्छ ।’
पाैडेलले आज नेकपा माओवादीका नेता वर्षमान पुन अस्वस्थ भएर आउन नसकेकाेले कार्यदलको बैठक शुक्रवार बिहान ११ बजेका लागि सारेकाे जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९ २०:०२