काठमाडाैं - प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ ।
प्रतिनिधिसभाको सभामुखको निर्वाचन माघ ७ गते गर्नका लागि अधिवेशन २५ गते बोलाइएको छ ।
त्यसअघि शुक्रबार बसेको सर्वसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९ १५:५०