काठमाडौं – नेपाली बजारमा आइतबार सुन तोलामा १ हजार रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला १ लाख ३ हजार ३ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख २ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रािततोला १ हजार ३६५ रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ ११:१३