दमौली – एक फरार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँको अनुसार अभियुक्त तनहुँको व्यास नगरपालिका–६ बस्ने २७ वर्षीय बमबहादुर विक रहेको र उनलाई लागुऔषध मुद्दामा जिल्ला अदालतबाट कैद सजाय तोकिएको थियो ।
प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेका अनुसार विकलाई व्यास नगरपालिका–३ दमौली बजारबाट बिहीबार पक्राउ गरिएको थियो । प्रहरीे नियन्त्रणमा लिइएको विकलाई जिल्ला अदालत पेश गरिएकोमा तोकिएको कैद भुक्तानका निम्ति जिल्ला कारागार चलान गरिएको छ ।
विक विसं २०७३ चैत १५ गते व्यास नगरपालिका–२ सिद्धार्थ चोकबाट लागुऔषधसहित पक्राउ परेका थिए र विसं २०७५ जेठ १४ गते अदालतले विकलाई एक महिना २३ दिन कैद र रु सात हजार जरिवानाको फैसला सुनाएको थियो । विक भने त्यसलगत्तै फरार रहेका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०७६ १०:५०