एजेन्सी– हलिउड अभिनेता जेरेमी रेनरले ५२ औं जन्मदिन मनाएका छन् । उनले यस वर्ष अस्पतालबाट जन्मदिनमा मनाएका हुन् । रेनरले आफ्नो इन्स्टाग्राम स्टोरीहरूमा द बेस शिकागो नामक युवा संगठनबाट एउटा भिडियो पोस्ट गरेका छन् जसमा उनलाई जन्मदिनको शुभकामना दिएको छ ।
अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा उनी हिमआँधीको सिकार भएका थिए ।हिमआँधीको असरका कारण गम्भीर घाइते भएपछि जेरेमीको शल्यक्रिया गरिएको हो । छातीको दुखाइ र हाडजोर्नीको चोटबाट ग्रस्त रेनरको (आईसीयू) मा उपचार भएको थियो ।
नयाँवर्षको पूर्वसन्ध्यामा उत्तरी नेभाडा क्षेत्रमा आएको हिमआँधीले सो क्षेत्र नै डुबानमा परेको थियो । त्यहाँका ३१ हजारभन्दा बढी मानिस बिजुलीबाट वञ्चित भएका थिए ।
अहिले चलिरहेको मार्भल सिनेम्याटिक युनिभर्समा अभिनेता जेरेमीले हकी अर्थात् क्लिन्ट बार्टन पात्रको भूमिकामा अभिनय गरिरहेका छन् । ‘द हार्ट लकर’ र ‘द टाउन’बाट उनी दुईपटक ओस्कार अवार्डमा मनोनित पनि भएका छन् ।
जेरेमीको मिसन इम्पोसिबल, क्याप्टेन अमेरिका, एभेन्जर्स उनका विश्वचर्चित फिल्महरु हुन् । यी सबै फिल्मले नेपाली बक्स अफिसमा पनि राम्रो कमाइ गरेको थियो ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ ११:४९