काठमाडौं– प्रि-ओपन सेसनमा नेप्से सूचक ५ अंकले उकालो लागेको छ । यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ ।
३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री हुँदा ७३ लाख १६ हजार ७३६ रूपैयाँको शेयर कारोबार भएको छ । यो सेसनमा कुल २९ कम्पनीमा उकालो लागेका छन् भने ५ कम्पनी घटेका र एक कम्पनी स्थिर छ ।
यता, १३ उपसूचकहरू मध्ये ७ कम्पनीमा वृद्धि भएको छ । दुई कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९ १२:१०