संघीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनपछि पहिलोपटक संसद् बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक अलग–अलग सञ्चालन हुने छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभामा १२ राजनीतिक दल र पाँच स्वतन्त्र सांसदको प्रतिनिधित्व रहेको छ । प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८९, नेकपा एमालेका ७८, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, नेकपा एकीकृत समाजवादीका १०, जनमत पार्टीका छ, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक तथा स्वतन्त्र पाँच सांसद् छन् ।
प्रतिनिधिसभा बैठक हाल कायम प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार सञ्चालन हुनेछ । बैठकले नियमावली, २०७५ लाई अनुमोदनसमेत गर्नेछ ।
यसपटक संसद्मा नयाँ दलसँगै धेरै नयाँ अनुहारह?को प्रवेशले ठूलो आशा जगाएको छ । विभिन्न क्षेत्रमा चर्चा कमाएका युवाह?को प्रवेशले संसद्लाई चलायमान बनाउने अपेक्षा गरिएको छ । अझ महŒवपूर्ण पक्ष चुनावबाट सबैभन्दा धेरै सिट जितेर पहिलो दल बनेको नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा छ । यसले पनि संसद्लाई प्रभावकारी बनाउन भूमिका खेल्ने आशा जगाएको हो ।
अहिले मुलुकको मुख्य सवाल भनेको विकास र समृद्धि हासिल गर्नु हो । यो सम्पूर्ण नेपालीको चाहना, सपना हो । रोजगारीका लागि विदेशिन नपरोस्, आफ्नै देशमा उच्च शिक्षा, स्वास्थ्यको व्यवस्था होस् भन्ने चाहना छ । यसका लागि राजनीतिक स्थायित्व पहिलो सर्त हुने गर्दछ । विगतमा अस्थिर राजनीतिकै कारण मुलुकले अपेक्षित फड्को मार्न नसकेको हो । त्यसैले अब राजनीतिक स्थायित्व कायम गरी विकास र समृद्धिको लक्ष्यमा पुग्ने मार्ग तय गर्न नवनिर्वाचित सांसदह?ले भूमिका खेल्नुपर्छ ।
मुलुकमा व्याप्त भ्रष्टाचार, अनियमिततालगायतका विकृति नियन्त्रणमा सशक्त भूमिका खेल्नुपर्छ । चुनावमा जनतासमक्ष गरेका वाचाह? पूरा गर्न इमान्दारिताका साथ लाग्नुपर्छ । जनताले ठूलो आशा र भरोसासहित जिताएर पठाएका छन् । आगामी पाँच वर्षमा मुलुकलाई कस्तो बनाउने ? कुन दिशामा मुलुकलाई लैजाने ? भन्ने जिम्मेवारी जनताले सांसदह?को हातमा सुम्पिएको छ । यो जिम्मेवारीमा सांसदह? चुक्नु हुँदैन ।
मुलुकमा पटक–पटक व्यवस्था फेरियो तर देश र जनताको अवस्था फेरिन सकेको छैन । विभिन्न आन्दोलनबाट प्राप्त वर्तमान संघीय व्यवस्थालाई समृद्ध बनाउनुपर्ने आजको आवश्यकता हो । यो व्यवस्था आएको धेरै समय भएको छैन । यद्यपि, यो व्यवस्थाप्रति असन्तुष्टिका आवाजह? उठ्न थालेका छन् । व्यवस्था परिवर्तनका कुरा पनि उठेका छन् । तर, व्यवस्था परिवर्तन समाधान होइन ।
यसमा रहेका कमी कमजोरीह?लाई सुधार गर्दै यसलाई संस्थागत गर्नुपर्ने आवश्यकता छ । यसतर्फ नयाँ संसद्को ध्यान जान ज?री छ । देश र जनताप्रति संसद् उत्तरदायी बनोस् । आगामी पाँच वर्षमा जनअपेक्षा पूरा हुनेगरी काम गर्न सफल होस्, शुभकामना !
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १०:२२