काठमाडौँ - मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सोमबारदेखि सुरु हुँदै छ । ग्लोबल आईएमई बैंकले बैंक अफ काठमाण्डूलाई मर्ज गरेपछि मुलुककै ठूलो बैंक बन्दै छ।
दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपश्चात् बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैंक लिमिटेड’का नामबाट हुन लागेको हो ।
मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपियाँ चुक्तापुँजी ३५.७७ अर्ब रुपियाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी पुग्ने भएको बैंकले जनाएको छ ।
ग्लोबल आईएमईबैंकमा पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा छवटा फाइनान्स कम्पनी समाहित भइसकेका छन् ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ ०९:४१