एजेन्सी - इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।
शनिबार यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन भत्किँदा दुई युवाको मृत्यु भएको थियो ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १६:०६