नेपालगन्ज । ५ बैशाख ।
स्थानीय निकायको निर्वाचनमा महिला उम्मेदबारहरुको सहभागिता अभिबृद्धी अभियान अन्तरगत २ दिने जिल्ला तस्तरीय प्रशिक्षक प्रशिक्षण तालिम आज देखि शुरु भएको छ ।
यूएनडिपी निर्वाचन सहायता कार्यक्रमको सहयोग तथा बास नेपालगन्जको आयोजनामा सो तालिम शुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्दै क्षेत्रीय निर्वाचन कार्यालयकी सुशिला चलाउनेले निर्वाचन कार्यालयले मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको बताईन् । उनले महिलाहरुको सहभागीता र महिला उम्मेदवारका बिषयमा ग्रामिण स्तरमा नै गई तालिम दिईदा प्रभावकारी हुने अपेक्षा गरिन । कार्यक्रममा बोल्दै यूएनडीपि निर्वाचन सहायता कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत राम बहादुर खड्काले स्थानीय निर्वाचनमा महिलाको सहभागीता अभिबृद्धीका लागि अभियान संचालन गरिएको बताए । उनले ग्रामिण स्तरका महिलाहरुलाई आसन्न निर्वाचनमा अर्थपूर्ण रुपमा सहभागी गराउन तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे । अभियानले महिलाहरुको क्षमता अभिबृद्धी गरि आगामी दिनमा हुने निर्वाचनमा समेत महिला सहभागीता अभिबृद्धीगर्न फलदायिहुने बिश्वास ब्यक्त गरे ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले संचालन गरेको कार्यक्रममा स्वागत बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । जिल्लाका २५ जना महिलाहरुको सहभागीता रहेको तालिममा प्रशिक्षक कमल नयन प्रधानले प्रशिक्षण गरिरहेको बासका सुचना अधिकारी हेमराज भट्टले बताए ।
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०७४ ०७:२७