विराटनगर - प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् ।
एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बु मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री कार्कीसँगै विना विभागीय मन्त्री बनेका उनीहरुले पनि शपथ लिएका छन् ।
प्रदेश १ सरकारमा नेकपा माओवादी केन्द्र भने सहभागी भएको छैन ।
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९ १५:१०