काठमाडौं– एनआईसी एशिया बैंक लिमिटेडले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल ए.पी.एफ.क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी भई विभिन्न विधाका पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कार स्वरूप रु. ९,९५,०००÷– बराबरको रकम यस बैंकले प्रदान गरेको छ ।
उक्त सहयोग स्वरूपको चेक एन आई सी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले ए.पी.एफ.क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरेका छन् ।
बैंकले मुलुकभर ३१३ शाखा कार्यालयहरू, ४३० एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठुलो सञ्जाल भएको बैंक हुन सफल भएको जनाइएको छ ।