काठमाडौं - नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार २ सय रूपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला १ हजार ३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला १ लाख २ हजार ७ सय रूपैयाँ निर्धारण भएको छ । मंगलबार तेजावी सुन प्रतितोला १ लाख ३ हजार रूपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी स्थिर रहेर प्रतितोला १ हजार ३६५ रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ ११:१५