काठमाडौँ -बलिउड अभिनेत्री मलाइका अरोडा खान नेपाल आउने भएकी छन् । उनी र्याम्प शोका लागि नेपाल आउन लागेकी हुन् ।
नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा आयोजना गर्न लागेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पो र्याम्पका लागेको हो । शोमा अरोडाले नेपाली पोशाक र आभुषण ¥याम्पमा प्रस्तुत गर्नछिन् ।
पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात पुस २८ गते बिहीबार ज्वेलरी फेशन शो आयोजना हुन लागेको हो ।
कार्यक्रममा संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले टकिङ्ग नेपलिज ज्वेलरी ग्लोबली भन्ने मुख्य लक्ष्यका साथ कार्यक्रमको आयोजना गर्न लागेको र नेपालको गरगहना विदेशमा निर्यात गरी नेपाली अर्थतन्त्रमा सघाउ पुर्याउन एक्सपोको आयोजना गर्न लागेको जानकारी दिइन् । ज्वेलरी फेशन शोमा होटल याक एन्ड यतिमा साँझ ६ बजे हुनेछ । शोमा निःशुल्क प्रवेश पाइने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ ११:३०