काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले राजधानीको भिमसेनगोलामा आफ्नो ११७ औं शाखा कार्यालय स्थापना गरि कारोबार सुरु गरेको छ । काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरूमा यी शाखा सहित ११७ वटा शाखा कार्यालय तथा ६० वटा एटीएममार्फत सेवा दिँदै आएको छ ।