काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् । मर्जरपछि स्थापित बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक भएको छ ।
बुधबार ११ बजे एकीकृत कारोबारको औपचारिक समारोह हुँदैछ । नेपाल इन्भेष्टमेन्ट बैंकले मेगालाई ९० रुपैयाँ प्रति १०० कित्ताका दरले गाभेको हो ।
अध्यक्षमा इन्भेष्टमेन्टका पृथ्वीबहादुर पाँडे हुन् । प्रमुख कार्यकारी ज्योतिप्रकाश पाण्डे हुने तय भइसकेको छ । प्रणाली पनि इन्भेष्टमेन्ट बैंककै प्रयोग हुँदैछ ।
मर्जरपछि बैंकको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ नाघेको छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
यस्तै कुल पुँजी ५८ अर्ब रुपैयाँ माथि छ । ग्राहक संख्या ३० लाख पुगेको छ ।
बैंकको संयुक्त निक्षेप ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । कुल कर्जा ३ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ ।
यस्तै शाखा सञ्जाल २५७ वटा पुगेका छन् । एक्सटेन्सन काउन्टर ५९ वटा हुँदैछन् । अब बैंकको एटीएम संख्या २७५ पगेको छ ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ १२:३२