काठमाडौं- मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।
उनलाई मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
जसपाको मधेश प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवले आजै प्रदेश प्रमुख मिश्रसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख मिश्रले पुस २८ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेकोमा यादवले आज बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रकाशित मिति: बुधबार, पुस २७, २०७९ १३:०२