काठमाडौं –नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको सुनुवाइ आज हुने भएको छ । लामिछानेको पुनरावेदन मुद्दाको सुनुवाइ निवेदनमाथि आज उच्च अदालत पाटनमा हुदैँछ ।
जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ ११:२८