नेपालगन्ज । बैशाख ६ गते । स्थानीय निकायको निर्वाचनमा महिला उम्मेदबारहरुको सहभागिता अभिबृद्धि अभियान अन्तरगत २ दिने जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ ।
यूएनडिपी निर्वाचन सहायता कार्यक्रमको सहयोग तथा बास नेपालगन्जको आयोजनामा हिजो देखि संचालित तालिम आज सम्पन्न भएको हो ।
तालिमको समापन प्रतिकृया दिँदै तालिमकी सहभागी राधा शाहले निर्वाचनमा महिलाहरुको अर्थपूर्ण सहभागीता अभिबृद्धि गर्नका लागि तालिम महवपूर्ण भएको बताईन् । उनले तालिमबाट सिकेका कुरालाई ग्रामिण स्तरका महिलाहरुलाई सिकाउने प्रतिबद्धता गरे । तालिमकी अर्र्की सहभागी घना शर्माले तालिमले निर्वाचनमा उम्मेदबारी दिने उम्मेदवारलाई सहयोगी हुने बताईन् । उनले तालिममा सिकेका कुरालाई ग्रामीणका महिलाहरुलाई सिकाउने प्रतिबद्धता गरिन् ।
समापन कार्यक्रममा बोल्दै तालिमकी प्रशिक्षक कमल नयन प्रधानले महिलाहरुलाई स्थानीय निकायको चुनावमा अर्थपूर्ण सहभागीता गराउनका लागि सहयोगसिद्ध हुने बताईन् । तालिमका सहभागी प्रशिक्षार्थीहरुलाई तालिमबाट सिकेको कुरालाई लागु गर्न अनुरोध गरिन् ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले कार्यक्रमको संचालन गर्दै तोकिएको स्थानमा प्रभावकारी रुपमा तालिम संचालन गर्न अनुरोध गरे । जिल्लाका २५ जना महिलाहरुको सहभागीता रहेको तालिमको समापन बासका अध्यक्ष मन भण्डारीले गरेका थिए । स्थानीय निकायको निर्वाचनमा महिला उम्मेदबारहरुको सहभागिता अभिबृद्धी गर्ने उद्धेश्यले जिल्लाका ७५ स्थानमा १८ सय बढी महिलाहरुलाई तालिम दिने कार्यक्रम रहेको छ । जिल्ला स्तरको प्रशिक्षक, प्रशिक्षण तालिम प्राप्त प्रशिक्षकहले ग्रामिणस्तरमा तालिम सञ्चालन गर्नेछन् ।