काठमाडौं–काठमाडौं महानगरपालिका–८ तिलगंगा पोडेटोल बस्ने ३१ वर्षीय विनय पुजारी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन । यससँगै काठमाडौं, टोखा नगरपालिका – ९ गोंगबुस्थित गल्लीमा हाल नाम, थर, वतन नखुलेका व्यक्ति बुधबार मृत अवस्थामा फेला परेका छन् ।
रामेछाप, लिखुतामाकोशी गाउँपालिका–५ धोबिडाँडामा सोही ठाउँ बस्ने ४६ वर्षीय गणेश नेपाली बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १२:२९