एजेन्सी– अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले विश्व कपपछि पहिलो म्याच खेलेका छन् । उनले फ्रान्समा भएको लिगवान म्याचमा पेरिस सेन्ट जर्मन (पीएसजी) क्लबसँग खेल्दै एंगर्स एससीओ क्लबमाथि २–० को जित निकाल्न महत्वपूर्ण भूमिका दिलाए ।
गत महिना अर्जेन्टिनालाई तेस्रो विश्वकप उपाधि दिलाएका मेस्सी लाई पीएसजीको पहिलो तीन खेलमा विश्राम दिइएको थियो। मेस्सी पीएसजीको प्रारम्भिक ११ मा फर्किएका छन् भने विश्वकप फाइनलमा ह्याट्रिक गरेका केलियन एमबाप्पेलाई विश्राम दिइएको छ ।
पहिलो हाफमा ह्युगो एकेटिकेले पीएसजीलाई अग्रता दिलाएपछि ७२औँ मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई २-0 को अग्रता दिलाएका थिए ।
पेरिस सेन्ट जर्मन २-0 ले विजयी भयो । खेल सकिन १७ मिनेटअघि मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।
प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९ १४:३५