काठमाडौं– लिम्बू भाषाका अध्यता इमानसिंह चेम्जुङको योगदानसम्बन्धी विषयवस्तु समेटेर तयार गरिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।
इमानसिंह चेम्जोङ मेमोरियल फाउन्डेशनद्वारा शनिबार राजधानीमा आयोजित विशेष वृत्तचित्र प्रदर्शनी समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले उक्त वृत्तचित्रको शुभारम्भ गरेका थिए ।
करिब ४५ मिनेट समयको उक्त वृत्तचित्रमा इमानको व्यक्तित्व, लिम्बू भाषा, संस्कृति र अनुसन्धानमा पु¥याउनुभएको योगदानको चर्चा गरिएको छ । इमानले लिम्बू भाषाका कतिपय कृतिलाई सरलीकृत गरेर देवनागरी लिपिमा ढाल्नुभएको थियो ।
सिक्किममा सन् १९०४ मा जन्मिएका इमान किरात तथा लिम्बू भाषा, संस्कृति र लिपि संरक्षणका प्रवर्तकका रूपमा चिनिन्छन् । पत्रकार सन्छेलुङ पतङवाले उक्त वृत्तचित्रको निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६ ०७:३३